दफा १९
अनुमतिपत्र रद्द गर्न सक्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले सम्झौता बमोजिम परियोजना कार्यान्वयन प्रारम्भ नगरेमा वा यो ऐन वा यस अन्तर्गत बनेको नियम वा सम्झौता विपरीत कुनै काम गरेमा नेपाल सरकारले अनुमतिपत्र प्राप्त व्यक्तिलाई सूचना दिई निजलाई दिइएको अनुमतिपत्र रद्द गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र रद्द भएमा अनुमतिपत्र प्राप्त व्यक्तिसँग गरिएको सम्झौता स्वतः रद्द भएको मानिनेछ ।
(३) यस दफा बमोजिम अनुमतिपत्र रद्द भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाल सरकारसँग कुनै किसिमको दाबी गर्न पाउने छैन ।